माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १६३१ जना प्रतिनिधि सहभागी हुने
- गाउँ सहर संवाददाता
- ९ पौष शुक्रबार, २०७८ | १८:०१:०० मा प्रकाशित
काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १६३१ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
काठमाडौंमा आइतबारदेखि १३ गतेसम्म चल्ने सम्मेलनमा प्रदेश, विभिन्न संगठन र मनोनित गरि १६ सय ३१ जना प्रतिनिधि सहभागी हुने स्थायी समिति बैठकले निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।
१४८३ प्रतिनिधि छनोट भइसकेको उनले बताए । ती प्रतिनिधिको १० प्रतिशत मनोनीत गर्ने पार्टीले निर्णय गरेको छ । मनोनीत गर्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पाएका छन् ।
१० प्रतिशत मनोनीत गर्दा १४८ प्रतिनिधि थपिने प्रवक्ता महराले जानकारी दिए । पहिले ५ प्रतिशत मनोनित गर्ने भनिए पनि हाल उक्त प्रतिशत बढाइएको हो ।
यसरी मनोनित हुनेको संख्या १४८ हुने उनले बताए ।
स्थायी समिति बैठक भोलि १ बजे फेरि बस्नेछ । आज बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने दस्तावेज पेस गरेका थिए । सो दस्तावेजमाथि भोलिको बैठकमा छलफल हुने महराले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस