कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
- गाउँ सहर संवाददाता
- १० पौष शनिबार, २०७८ | १४:२६:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।
कांग्रेसको १४ औँ केन्द्रीय महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको बैठकमा आगामी कार्यक्रमको विषयमा एजेन्डा तय गर्न छलफल हुने बताइएकाे छ ।
आगामी निर्वाचनका लागि दल दर्ताको समयसीमा आइतबार सम्पन्न हुँदैछ । यी लगायत कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।
१४ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो पटक केन्द्रीइ कार्यसमितिको बैठक बसेको हो ।
प्रमाणपत्र वितरणपछि केन्द्रीय समितिको बैठक सुरु भएको हो । कांग्रेसमा १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएर बनेको छ । त्यस्तै निर्वाचित एक केन्द्रीय सदस्यलाई सभापतिले कोषाध्यक्ष बनाउने वैधानिक प्रावधान छ । त्यस्तै ३३ जना सदस्य मनोनीत पनि सभापतिले गर्ने व्यवस्था छ ।
यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशबाट निर्वाचित सभापतिसहितका पदाधिकारी र सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारी र सदस्यलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित समारोहमा पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले महाधिवेशनबाट निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे ।
पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान गरिएसँगै नेपाली कांग्रेसको १४औँ महाधिवेशन औपचारिकरुपमा समापन भएको छ । मुलुकको प्राकृतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा नेतृत्वदायी भूमिका खेल्दै आएको नेपाली कांग्रेस मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
- ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने
प्रतिकृया दिनुहोस