के निर्णय गर्याे कांग्रेसको १४औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले ?
- गाउँ सहर संवाददाता
- १० पौष शनिबार, २०७८ | १६:१५:०० मा प्रकाशित
काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक र राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज नै दल दर्ता गर्ने जनाएको छ ।
आज बसेको काँग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो ।
निर्वाचन आयोगले केही दिनअघि पुस १० गते अन्तिम समय तोकी दल दर्ताको सूचना प्रकाशन गरेको थियो ।
यसैगरी, बैठकले संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगमा दर्ता अद्यावधिक गर्ने निर्णय समेत गरेको छ ।
यसबाहेक बैठकले महाधिवेशनमा प्रकट भएको उत्साह, एकता र रूपान्तरणको भावना आत्मसात् गर्दै पार्टीमा सुदृढ एकता कायम गरेर अगाडि बढ्ने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
यसैगरी बैठकले महाधिवेशन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिने निर्णय समेत गरेको उनले बताए ।
केन्द्रीय बैठकअघि केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित सभापति देउवासँगै पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको थियो ।
गत मङ्सिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका थिएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
प्रतिकृया दिनुहोस