रामेछापकाे दिमीपोखरीमा खानेपानी याेजनाले गति लियाे
- गाउँ सहर संवाददाता
- ११ पौष आइतबार, २०७८ | ११:२३:०० मा प्रकाशित
रामेछाप । रामेछापकाे सुनापति गाउँपालिका-२, साबिक दिमीपोखरीमा खानेपानी याेजना कार्याम्भ भएकाे छ ।
राम्चे-मानपुर-आलाम्पुर-जाँतेसम्मको खानेपानी याेजना खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मन्थली रामेछापद्वारा सञ्चालित फलाँटे गैँरा खानेपानी पहिलो खण्डकाे उद्घघाटन तथा दोस्रो खण्डकाे शिलान्यास गरिएकाे छ ।
नेपाली कांग्रेस बाग्मती प्रदेश सदस्य तथा गत निर्वाचनका प्रदेशसभा सदस्यका उम्मेद्वार जीतबहादुर मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे विद्यार्थी नेता चन्द्रबहादुर मगरले जानकारी दिए ।
'एक घर, एक धारा' भन्ने मुल नाराकासाथ फलाँटे गैँरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सभापति बेनबहादुर थापा मगरको सभापतित्वमा पहिलाे खण्ड उद्घाटन तथा दोस्रो खण्ड शिलान्यास भएकाे हाे ।
साथै, साेही अवसरमा दिमीपोखरी नेपाली कांग्रेस गाउँ कार्यसमितिको वडा कार्यालय पनि उद्घाटन गरिएकाे छ ।
पार्टी कार्यालय उद्घाटन गर्दै नेपाली कांग्रेस वागमति प्रदेश सभा सदस्य जीतबहादुर मगरले अब कांग्रेसकै नेतृत्वमा विकास, र समृद्धि हुने बताउँदै कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले वडा तहदेखि मुलुकका संकट समाधानका लागि अब लोततन्त्रवादी शक्तिले सक्ने हुँदा अब गाउँगाउँबाट जनता कांग्रसको जनलहर लिएर अघि बढ्ने बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस