काेभिडका कारण ब्राजिलमा एकै दिन १६४ जनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- ११ पौष आइतबार, २०७८ | ११:४६:०० मा प्रकाशित
काठमाडाैं । २४ घन्टामा मात्र कोरोना भाइरसका कारण १६४ जनाको ज्यान गएको छ । ब्राजिलमा शुक्रबारदेखि शनिबारसम्म २४ घन्टामा मात्र कोरोना भाइरसका कारणा १६४ जनाको ज्यान गएको हाे । पछिल्ला केही हप्तामा कोरोनाको सङ्क्रमणका साथै मृत्यु हुनेको संख्या पनि बढेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । साथै गएको २४ घन्टामा ४ हजार १४६ जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएकाे छ ।
पछिल्लो समयमा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोन भेरियन्ट पनि बढेको पाइएको छ । यो भाइरसको सङ्क्रमण सुरु भएयता ६ लाख १८ हजार ३९२ जनाको यही प्रकोपबाट निधन भएको मन्त्रालयले बताएको छ ।
त्यसैगरी २ करोड २२ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो समयमा कोरोना भाइरसको पूर्ण मात्राको खोप लगाउने नागरिकको संख्या बढेको छ तर सङ्क्रमण पनि बढेको पाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
- सहकारीको रकम अपचलनबारे गृहमन्त्री रविले फेसबुकमार्फत दिए यस्ताे स्पष्टीकरण
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः दाबी पेस गर्न आह्वान
- नेप्सेमा १४.८१ अंककाे गिरावट
- आजदेखि सेतो मत्स्येन्द्रनाथ रथयात्रा
प्रतिकृया दिनुहोस