महिला राष्ट्रिय क्रिकेट : उपाधि एपीएफकाे हातमा
- गाउँ सहर संवाददाता
- ११ पौष आइतबार, २०७८ | १४:१०:०० मा प्रकाशित
काठमाडाैं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ ।
प्रदेश १ लाई सात विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । एपीएफले ३४ बलअघि नै सहज जित पाएको थियो । जितका लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १४ ओभर २ बलमा ३ विकेट गुमाउँदै ६८ रन बनायो ।
एपीएफको जितमा विकेट किपरसमेत रहेकी ब्याटर ज्योति पाण्डेले ३९ बलमा ६ छक्कासहित सर्वाधिक ३६ रन बनाइन् । यस्तै ममता चौधरी २३ बलमा २ चौकासहित १९ रनमा अविजित रहिन् ।
प्रदेश १ की कप्तान रुविना क्षेत्रीले एक्लै ३ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी रुविनाले १ मेडन राख्दै १० रन खर्चिएकी थिइन् ।
यस अघि धनगढीको फाप्ला क्रिकेट मैदानमा कप्तान सीता राना मगरले घातक बलिङ गरेपछि विभागीय टोली एपीएफले उपाधि जित्न ६८ रनको सामान्य लक्ष्य पाएको थियो । टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको हो ।
प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ४६ बलमा ३ चौकासहित सर्वाधिक ३४ रन जोडिन । यस्तै अप्सरी बेगमले ३४ बलमा १ चौकासहित ११ रनको योगदान दिइन् । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । एपीएफकी सीता राना मगरले सर्वाधिक ३ विकेट लिइन् । रेखा रावलले २ र करुणा भण्डारीले १ विकेट लिइन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
- तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनी कालोसूचीमा
- नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित
- आइएमई पेमार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५ सयसम्म बोनश पाइने
प्रतिकृया दिनुहोस