छुट्टाछुटै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ११ पौष आइतबार, २०७८ | १६:२४:०० मा प्रकाशित
सर्लाही । गएराति छुट्टाछुटै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।
मलंगवा–नवलपुर सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका ६ लक्ष्मीपुरमा साइकलको ठक्करबाट ५५ वर्षीया सैफुल खातुनको मृत्यु भएको छ । बाटो काट्ने क्रममा शनिबार साँझ खातुनलाई साइकलले ठक्कर दिएको थियो ।
घाइते खातुनको जनकपुरमा उपचारका क्रममा गएराति ९ः३० बजे मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । साइकल चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । उता पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जंगलमा नम्बर नखुलेको एक सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हाे ।
प्रहरीका अनुसार ना ३४ प ७०२१ नम्बरको मोटरसाइकलको पछि बसेका लालबन्दी नगरपालिका–७ बस्ने ५७ वर्षीय भीम गुरुङको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवामा पुर्याइएको थियो । उनलाई चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस