गाउँ सहर

महिलाकाे घाँटी रेटी विभत्स हत्या

सप्तरी । साेमबार बिहान  एक महिलाको विभत्स हत्या भएको छ । छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा आज बिहान एक महिलाको विभत्स हत्या भएको हाे । स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी र बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको एक स्थानीयवासीले जानाकारी दिएका छन् । घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको प्रहरीको जनाएकाे छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट एक टोली गएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाइएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत