बालबालिकाका लागि ८४ लाख फाइजर खाेप खरिद गरिँदै
- गाउँ सहर संवाददाता
- १२ पौष सोमबार, २०७८ | १४:४२:०० मा प्रकाशित
काठमाडाैं । नेपालमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाउनको लागी छलफल अगाडि बढाएको छ ।
खोप सल्लाहकार समितिले सिफारिस गरेपछि र सरकारले निर्देशन दिएपछि खोप लगाउने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिएका छन् ।
उनले भने, ‘ अहिले ५ देखि ११ वर्ष उमेर समुहका खोप लगाउने विषयमा मन्त्रालय र विभागमा सल्लाह हुँदै छ । खोप सल्लाहकार समितिले सिफारिस र सरकारको निर्देशनपछि खोप लगाउन सुरु गर्ने छलफल भएको छ ।’
सोही अनुसार आपूर्ति व्यवस्थापन शाखाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गरी फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाएको डा चौरसियाले बताएका छन् ।
‘बालबालिकालाई पुग्ने गरी ८४ लाख डोज फाइजर खोप खरिदका लागि पत्रचार गरेका छौँ ’डा चौरसियाले भने । यसअघि नेपालमा १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई मोर्डना र फाइजरको खोप दिइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
प्रतिकृया दिनुहोस