अर्थतन्त्र

नेप्सेमा ६९.७७ अंककाे गिरावट, ५ अर्ब ६० करोड ७४ लाख बराबरको कारोबार

काठमाडाैं । नेप्सेमा साताको कारोबारका दोस्रोे दिन सोमबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९.७७ अंकले घटेर दुई हजार पाँच सय २१ दशमलब ६५ विन्दुमा पुगेको हो । आइतबार नेप्से ७१.२० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेको थियो । 

कोरोबार रकममा भने बृद्धि भएको छ । आज ५ अर्ब ६० करोड ७४ लाख बराबरको कारोबार भएको छ । आइतबार ५ अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको थियो । 

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा गोर्खाज फाइनान्स र मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेकाे नेप्सेले जनाएकाे छ । 

नेप्सेका अनुसार आज जोशी हाइड्रो र घलेम्दी हाइड्रो कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको आज ३० करोड ६० लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।  

गाउँ सहर संवाददाता

तपाईँको मत