विश्व

पियुष जैनकाे घरमा छापा : २५७ करोडभन्दा बढी नगद, ठूलो परिमाणमा सुन चाँदी बरामद

 एजेन्सी । एक व्यापारीको घरबाट २५७ करोडभन्दा बढी नगद र ठूलो परिमाणमा सुन चाँदी बरामद  गरिएकाे छ । भारतको कानपुरका अर्बपति अत्तर व्यापारी पियुष जैनको विभिन्न स्थानमा हालसम्म गरिएको छापामारीमा २५७ करोडभन्दा बढी नगद र ठूलो परिमाणमा सुन चाँदी बरामद गरिएकाे हाे ।

त्यससँगै धेरै महत्वपूर्ण कागजातहरू पनि फेला परेका छन् । ५० घण्टाभन्दा बढी लामो सोधपुछपछि आइतबार पक्राउ परेका पियुष जैनलाई सोधपुछका लागि काकादेव प्रहरी चौकीमा ल्याइएको थियो ।

पियुष जैनको परिसरमा हालसम्म गरिएको छापामारीमा २५७ करोड नगद, कयौं किलो सुन, १६ बहुमूल्य सम्पत्तिका कागजातहरू फेला परेकाे एजेन्सीले जनाएकाे छ ।  जसमा कानपुरमा ४, कन्नौजमा ७, मुम्बईमा २, दिल्लीमा १ सम्पत्ति रहेको समेत पत्ता लागेको छ । पियुष जैनले दुबईमा दुईवटा घर किनेका छन् । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेकाे एजेन्सीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत