राजनीति

कांग्रेस महाधिवेशन : १६ जिल्लाको अधिवेशन पुस २७ गते

काठमाडाैं । कांग्रेसको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुस २७ गते हुने भएको छ ।

कांग्रेसको निर्वाचन समितिले सोमबार एक सूचना जारी गरी पुस २७ गते निर्वाचन गर्ने निर्णय भएको जानकारी गराएको छ ।

महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमितिले पदभार ग्रहण गरिसक्दा विवादका कारण प्रदेश २ का ८ जिल्लासहित १६ जिल्लाको अधिवेशन रोकिएको थियो ।

अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाकै अधिवेशन पुस २७ गते पृथ्वी जयन्तीका दिन गर्ने निर्णय भएको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा अधिवेशन हुन सकेको छैन ।

यस्तै, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको अधिवेशन हुन बाँकी छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत