अर्थतन्त्र
मंगलबार पनि घट्याे सुनकाे मूल्य, कति छ बजार भाउ ?
- गाउँ सहर संवाददाता
- १३ पौष मंगलबार, २०७८ | ११:३४:०० मा प्रकाशित
काठमाडाैं । मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा अर्थात् गत सोमबारको तुलनामा आज मंगलबार छापावाला सुन तोलामा दुई सय रुपैयाँले घट्दै ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
गत सोमबार सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत गत सोमबारको तुलनामा तोलामा दुई सय रुपैयाँले नै घट्दै आज प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले वृद्धि भएको छ । गत सोमबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घट्दै एक हजार २५० रुपैयाँमा झरेको महासंघले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस