गाउँ सहर

उपत्यका लगाएत देशभर चिसाे बढ्याे

काठमाडाैं ।  केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै आज पनि काठमाडौँ उपत्यका लगायत देशभर चिसो बढेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र राजस्थानमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसममा परिवर्तन आएको हाे ।

मौसममा आएको परिवर्तनका कारण मंगलबार र बुधबार देशभर नै मध्यम खालको वर्षाको सम्भावना रहेको र पश्चिमी भूभागमा केही बढी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीले जानकारी दिएकसी छन् । 

बिहीबारदेखि बिस्तारै मौसममा सुधार हुँदै जाने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार पानी नपरे पनि मौसम भने बदली नै रहनेछ महाशाखाले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत