माधव नेपालले दिए विप्लवलाई सुझाव : विचार र चिन्तन परिवर्तन गर्नुहोस्, अनि मात्र क्रान्ति सम्भव छ
- गाउँ सहर संवाददाता
- १३ पौष मंगलबार, २०७८ | १५:४६:०० मा प्रकाशित
काठमाडाैं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव समूहलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव दिएका छन् ।
राष्ट्रियसभा गृहमा मंगलबार आयोजित नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले विप्लव समूहका नेतालाई विचार र चिन्तनमा परिवर्तन गर्न र यसबाट मात्र क्रान्ति सम्भव रहेको सुझाव दिएको जानकारी दिए ।
‘मैले केही दिनअघि विप्लवका केही नेतालाई भने–तपाईंहरुको विचार र चिन्तन परिवर्तन गर्नुहोस्,’ कार्यक्रममा अध्यक्ष नेपालले भने, अनि मात्र क्रान्ति सम्भव छ ।’
उनले देशमा सरकार सञ्चालनको कार्यशैली परिवर्तनको खाँचो रहेको बताएका छन् । विकासका लागि विनियोजन रकम के कसरी खर्च भइरहेको छ भनेर सरकार र राजनीतिक दलहरूले पनि चासो राख्नुपर्ने भन्दै उनले उद्यमशीलतामा समय र आर्थिक खर्च गर्नुपर्नेमा जोड दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
प्रतिकृया दिनुहोस