गाउँ सहर

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा तीन जनाको मृत्यु

झापा । मोटरसाइकल दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दमकमा हिजाे राती भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

दमक नगरपालिका वडा नं . २ भाङबारीमा भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरिक्षक एवं डिएसपी नवराज थापाले जानकारी दिएका छन् ।

प्रहरीका अनु्सार मंगलबार राती करिब ११ बजे प्र१–०२–०४३प ६९२६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किएको र तीनैजना एउटै मोटरसाइकलमा रहेको प्रहरीको भनाइ छ । हामीले दुर्घटना भएको थाहा पाउनासाथ त्यहाँ पुग्दा ३ जनाको नै मृत्यु भइसकेको थियो । स्थानीयहरु सबै सुतिसकेकाले राति स्थानीयको सहयोगमा मुचुल्का बनाएर शव उठाइएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक खोटाङ चिसापानी ४ का २३ वर्षीय अनिल वि.क, चितवन राप्ती ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइँखोला ३ का १९ वर्षीय अनिल लामगादेको मृत्यु भएको जनाइएको छ । उनीहरु दमकमा सुन पसलमा कालिगढको रुपमा काम गर्दै आएको बुझिएको पनि प्रहरीको जनाएकाे छ ।

तीनजना सवार रहेको मोटरसाइकलको तीब्र गति रहेका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान रहेको प्रहरी भनाइ छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत