अस्पतालको क्वाटरमा आगो बालेर सुतेका एकै परिवारका चार जनाकाे मृत्यु, तीन बेहोस
- गाउँ सहर संवाददाता
- १५ पौष बिहीबार, २०७८ | ११:०७:०० मा प्रकाशित
काठमाडाैं ।अस्पतालको क्वाटरमा आगो बालेर सुतेका एकै परिवारका चार जनाकाे मृत्यु, तीन बेहोस भएका छन् । भेरी अस्पतालको क्वाटरमा बस्दै आएका एकै परिवारका चार जना सुतेकै अवस्थामा विहिबार विहान मृत भेटिएका छन् भने तीन जना बेहोस अवस्थामा फेला परेका हुन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिएको जानकारी अनुसार उनिहरुले आगो बालेर झ्याल ढोका बन्द गरि सुतेको देखिएकोले निसासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
उनले भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, उनको ३ महिनाको छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ बर्षीया कोपिला र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु भएको जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीसंगै घटनास्थलमा रहनु भएका प्रजिअ खत्रीले घट्नाका बारेमा अनुसन्धान भैरहेको जनाउँदै मृत्युको कारण पोष्टमार्टमको रिपोर्टपछि मात्रै आउने बताए ।
एउटै कोठामा बसेका उनीहरुले राती आगो बालेर कोठाका सबै झ्याल ढोका बन्द गरेर सुतेको देखिएकोले निसासिएर मृत्यु भएको बढी आशंका गरिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जनाएका छन् ।
प्रहरीलाई प्राप्त भएको जानकारी अनुसार स्टोरको कर्मचारीले आवश्यक काम परेपछि राती १ बजेतिर पटक पटक सम्पर्क गर्दा भट्टराई सम्पर्कमा आएका थिएनन् । विहान ६ बजेतिर कोठामा गएर हेर्दा उनीसहित चार जना मृत अवस्थामा भेटिएको एसपी अधिरकारीले बताउनुभयो । संगै कोठामा बसेका अन्य तीन जना अचेत अवस्थामा थिए । उनीहरुको भेरी अस्पतालमै उपचार भइरहेको छ ।
भट्टराईकी श्रीमती, ३ बर्षीय छोरा र बहिनीको उपचार भइरहेको प्रहरी प्रमुख एसपी अधिकारीले बताए ।
घटनाका सम्वन्धमा जिल्ला प्रहरी कार्यालय बांँकेको प्राबिधिक तथा प्रशासनिक टिमले घटनास्थललाई नियन्त्रणमा लिएर कुकुर सहित परिचालन गरेर अनुसन्धान अगाडी बढाए प्रहरीले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
प्रतिकृया दिनुहोस