डब्लूएचओको चेतावनी : नयाँ भेरियन्ट ओमिक्रोनले संक्रमितमा सुनामी ल्याउँदै छ
- गाउँ सहर संवाददाता
- १५ पौष बिहीबार, २०७८ | १३:३३:०० मा प्रकाशित
काठमाडाैं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ । युरोप र अमेरिकामा कोभिड संक्रमितको संख्या तीव्र गतिमा बढिरहँदा डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यस्तो बताएका हुन् ।
‘स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था पुगेका छन् भने स्वास्थ्यकर्मीमा चाप थपेको छ, कोभिडका नयाँ संक्रमणले संक्रमितको सुनामी ल्याउने छ,’ डा. गेहब्रेयससले बताए ।
डब्लूएचओका अनुसार विश्वभर दैनिक नौ लाखभन्दा बढी संक्रमित थपिएका छन् । संक्रमण फैलिएसँगै बुस्टर डोज दिन सुरु गरेका छन् । युरोपियन देशमा भने लकडाउन र नयाँ प्रतिबन्धहरु घोषणा गरिएका छन् ।
फ्रान्स र बेलायतमा अप्रत्यासित दैनिक संक्रमितको संख्या बढिरहेको छ । छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीलगायत केही राज्यमा रात्री कालीन बन्दको घोषणा गरिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस