यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू
- गाउँ सहर संवाददाता
- १६ पौष शुक्रबार, २०७८ | १५:३३:०० मा प्रकाशित
काठमाडौं । मन्त्रिपरिषद बैठकले निर्वाचन आयोगसम्बन्धी विद्येयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकाय प्रधानसेनापतिमा सिफारिस गरेको छ । पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रथी कार्कीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
त्यस्तै, विदेशमा चिकित्सा शिक्षा पढिरहेकाहरुका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन प्रयोगात्मक अभ्यास (इन्र्टनसिप) पूरा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको बताए ।
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु
१. कृषि तथा पशुपन्छि विकास मन्त्रालयका नेपाल कृषि सेवा वरिष्ठ माटो विज्ञ डा. गंगादत्त आचार्यलाई सार्क एग्रिकल्चर सेन्टर ढाकामा सिनियर प्रोगाम स्पेसिलिष्ट प्रोगाममा काम गर्न काजगमा खटाउने
२. निर्वाचन आयोग सम्बन्धी विद्येयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने
३. सुर्खेत जिल्लाको साविक लेकफर्सा काफलकोट लेखपराजुल गाविसहरुको जग्गा प्रशासनसम्बन्धी काम मालपोत तथा नापी कार्यालय मेहलकुना सुर्खेतलाई हस्तानान्तरण गरी सेवा सञ्चालन गर्न स्वीकृति दिने
४. नेपाली सेनाका प्रधान सेनापती प्रभुराम शर्मा मिती २०७८ पुस १८ देखि ३० गेतेसम्म घरविदामा रहने भएकाले वालाधिकृत रथी वालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकायम भई प्रधान सेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपति समक्ष सिफारिस गर्ने
५. टाकटोर लामाजुरा सडकखण्डको ट्रयाक खोल्न सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय वन क्षेत्रभित्रका २.५७ हेक्टर क्षेत्रफल प्रयोग गर्न स्वीकृत गर्ने
६. आदिकवी भानुभक्त जन्मस्थल विकास समितिको अध्यक्ष पदमा भानु ४ तनहुँ निवासी राम पन्त र कार्यकारी पदमा सोही स्थान निवासी शंकर रानाभाटलाई नियुक्त गर्ने
७. चिकित्सा शिक्षाको स्नातक तहमा चीनलागायतका मुलुकका विद्यालयमा भर्ना भएका विद्यार्थीहरुको बाँकी रहेको प्रयोगात्मक परीक्षा पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
प्रतिकृया दिनुहोस