स्वास्थ्य

काेराेनाका नयाँ २३५ संक्रमित थपिए - निको भए २१२, चारकाे निधन

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप चार जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ८४ को परीक्षण हुँदा २३५ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा २१२ छ ।

देशभरका क्वारेन्टाइनमा रहनेको संख्या १०३ छ । देशमा सक्रिय संक्रमितको संख्या चार हजार ८७९ रहेको छ ।

पछिल्लो समय १ लाख ३९ हजार १५२ जनाले खोप लगाएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत