स्वास्थ्य

२० हजार ९५९ जनाकाे काेराेना परीक्षण गर्दा नयाँ ३८२ संक्रमित, निकाे भए २५२

काठमाडाैँ । पछिल्लाे २४ घण्टामा २० हजार ९५९ जनाकाे काेराेना परीक्षण गर्दा नयाँ ३८२ संक्रमित पहिचान भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निकाे हुनेकाे संख्या २५२ छ । कसैकाे पनि मृत्यु भएकाे छैन ।

पछिल्लाे २४ घण्टामा ५९ हजार ११२ जनाले काेराेनाविरूद्धकाे खाेप लगाएका छन् ।

देशमा अब सक्रिय संक्रमितकाे संख्या ४ हजार ९६९ रहेकाे मन्त्रालयले बताएकाे छ ।

अब क्वारेन्टाइनमा रहनेकाे संख्या ९८ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत