राजनीति

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा सुरु हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

१४ औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको बैठक आज दोस्रो पटक बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले दोस्रो बैठक बस्नुअघि १३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । उनले महाधिवेशनमा आफूलाई सघाएका नेताहरुलाई मनोनित गरेका छन् । उनले शनिबार १० जना र आइतबार ३ जनालाई मनोनित गरेका हुन् । विधानअनुसार देउवाले अझै २० जना मनोनित गर्न सक्छन् । सभापतिले ३३ जना केन्द्रीय सदस्य समावेशीका आधारमा मनोनित गर्न सक्ने विधानमा व्यवस्था छ ।

सभापतिमा पराजित डा. शेखर कोइरालाले पहिलो बैठक बहिस्कार गरेका थिए । देउवाले डा. कोइरालाको वरीयता पछाडी राखेपछि उनी पहिलो बैठकमा सहभागी भएनन् । दोस्रो बैठकमा उनले के गर्छन् भन्ने टुंगो लागिनसकेको उनी निकट स्रोतले जनायो । वरीयता विवाद मिलेको छैन ।

गाउँ सहर संवाददाता

तपाईँको मत