राजनीति

नेकपा एकीकृत समाजवादीले छान्यो यी ५ उम्मेदवार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका तर्फबाट उम्मेदवार टुंगो लगाएको बताएका छन् । 

उनका अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राज्यलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सुदूरपश्चिम प्रदेशबाट मदन कुमारी शाह (गरिमा) को उम्मेदवार तय भएका छन् । 

सोमबार नै बसेको सत्ता गठबन्धनको बैठकले यसअघि एमालेले जितेका ८ सिटमा भागबण्डा मिलाएको थियो ।

आगामी माघ १२ गते हुने निर्वाचनमा गठबन्धनका तर्फबाट १९ मध्ये ५ सिट नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो ।

त्यसबाहेक गठबन्धनआवद्ध दलले यसअघि जितेको सिटमा सोही दललाई नै दिने सहमति भएको थियो । यसअघि नेपाली कांग्रेसले पनि आफ्नो तर्फबाट उम्मेदवार तय गरिसकेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत