गाउँ सहर

विवेकशील साझाको माग : पृथ्वी जयन्तीलाई नेपाल दिवस घोषणा गरियाेस्

काठमाडौं । विवेशकील साझा पार्टीले पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई नेपाल दिवसको रुपमा मनाउन सरकारसँग माग गरेको छ ।

विदेशमा विशिष्ट महत्त्वको दिनमा राष्ट्रिय दिवस मनाइने प्रचलन रहेको उल्लेख गर्दै साझाले नेपालमा पनि पृथ्वी जयन्तीलाई नेपाल दिवस घोषणा गर्न माग गरेको हो । ‘राष्ट्रिय एकता दिवसका दिन नेपाल दिवस घोषणा गरी सार्वजनिक बिदा दिइयोस्,’ प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्ति उल्लेख छ ।

साथै नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्वीर अंकित गर्न पनि माग गरेको छ ।

पृथ्वी जयन्तीको अवसरमा साझाले यही पुस २७ गतेदेखि ‘मेची-महाकाली राष्ट्रिय एकता यात्रा’ गर्ने घोषणासमेत गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत