अल्फा बिटाले शुक्रबार अष्ट्रेलियन एजुकेशन फेयर गर्दै
- गाउँ सहर संवाददाता
- २० पौष मंगलबार, २०७८ | १९:४८:०० मा प्रकाशित
काठमाडाैं । अल्फा बिटाले आगामी शुक्रबार 'अल्फा बिटा अष्ट्रेलियन शैक्षिक मेला' अयोजना गर्ने भएको छ । उक्त मेला नयाँ बानेश्वरस्थित आफनै भवन अल्फा बिटा कम्प्लेक्सको चौथो तल्लामा हुने कार्यकारी निर्देशक द्विराज शर्माले जानकारी दिए ।
उनका अनुसार उक्त एजुकेशन फेयरमा अष्ट्रेलियाका २० युनिभर्सिटी तथा कलेजको सहभागिता रहनेछ ।
उद्घाटन कार्यक्रममा अथितिका रुपमा नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसीटि वोल्क, सम्मानित अतिथिका रुपमा न्यू साउथ वेल्सका लागी नेपालका महावाणिज्यदूत दीपक कुमार खडका, अस्ट्रेलियाका पूर्व नेपाली विद्यार्थी संघका अध्यक्ष रामहरी अर्याल लगायत एस एण्ड एस अकाउन्टिङ बिजनेस सर्भिसका सन्चालक तथा अल्फा बिटा ग्लोबल सिड्नीका निर्देशक गोबा कटुवालको पनि सहभागित रहनेछ ।
नेपाली विद्यार्थीले सबैभन्दा बढि रुचाएका मध्येको एक गन्तव्यका रुपमा रहेको अष्ट्रेलियाका शहरहरु विश्वमै विकाशित तथा सुरक्षित मानिन्छन् । साथै, अष्ट्रेलियन युनिभर्सिटी तथा कलेजहरुले संसारभरिनै गुणस्तरियता, नवीनता तथा समावेशितामा आफनो छुट्टै पहिचान बनाएका छन् । अन्तराष्ट्रिय आप्रबासीहरुलाई मनबाटै मित्रवत व्यबहार गर्ने अष्ट्रेलियन जनताहरुमाझ नेपाली विद्यार्थीहरुले पनि हालसम्म राम्रो छाप पारेका छन् ।
लामो समयसम्म कोभिडका कारणले आफना अन्तराष्ट्रिय सीमाना बन्द गरेको अष्ट्रेलियाले गत डिसेम्बर १५ देखि कोभिड बिरुद्धको पुरा डोज खोप लगाएका अन्तराष्ट्रिय विद्यार्थीका लागि आफना सीमान पुनः सुचारु गरेसँगै नेपाली विद्यार्थीहरुको अष्ट्रेलियाप्रतिको मोह झनै बढेको देखिन्छ ।
भर्खरै कक्षा १२ को नतिजा प्रकाशित भएको तथा विभिन्न संकायका ब्याचलरर्स लेभलका नतिजा पनि चाडै नै प्रकाशित हुने भएकाले विद्यार्थीहरुले आफनो कोर्स इन्ट्री क्राइटेरीया, स्कलरसीप जस्ता विषयमा कलेज तथा युनिभर्सिटीका आधिकारीक व्यक्तिहरुसँग परामर्श लिन पाउनु अत्यन्तै राम्रो हुने निर्देशक शर्मा बताउँछन् ।
'अन्तराष्ट्रिय डिग्री तथा अनुभव लिन इच्छुक विद्यार्थीहरुले कुनै पनि कोर्ष, युनिभसिटि तथा कलेज छान्नु अगाडि तुलनात्मक रुपमा आफनालागि सबैभन्दा उत्तम विकल्प कुन हो भनेर बुझनु पर्ने हुन्छ । त्यस्तै अर्को महत्वपूर्ण पक्ष भनेको आर्थिक रुपमा पनि आफू र आफनो परिवारका लागि सहज हुने विकल्पमा जाँदा भविष्यमा पर्न सक्ने आर्थिक बोझलाई कम गर्न सकिन्छ । त्यसका लागि फेयर सहयाेगी हुनेछ भन्ने विश्वास लिएकाे छु' शर्माले भने ।
कोभिडको खतरा अझै पनि पूर्णरुपमा समाप्त नभैसकेको अवस्थामा मास्क तथा सेनिटारजरको प्रयोग अनिवार्य रुपमा गराइने निर्दशक शर्माले बताए । सो मेलामा सहभागी हुन विद्यार्थी तथा अभिभावकहरुले कुनै पनि किसिमको शुल्क तिर्नुनपर्ने साथै अन्तराष्ट्रिय उच्च शिक्षाका बारेमा कुनै पनि किसिमका जानकारी लिन इच्छुक सबैले मेलामा सहभागी हुन सक्ने शर्माले बताए ।
मेलामा अष्ट्रेलियन युनिभर्सिटी तथा कलेजहरुका साथै अङ्गेजी भाषा परिक्षण गराउने आइएलटिएस तथा पिटीईका आधिकारीक व्यक्तिहरु, इन्स्योरेन्स तथा बैंकहरुले पनि सहभागिता जनाउने छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस