अर्थतन्त्र

राष्ट्रिय वाणिज्य बैंकमा खाता हुनेहरूले ‘खल्ती’ वालेटबाट भुक्तानी गर्न सक्ने

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकमा खाता भएकाहरूले पनि अबदेखि अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ‘खल्ती’ मा रकम राखी आवश्यक भुक्तानी गर्न पाउने भएका छन् । प्रयोगकर्ताहरूलाई सेवा दिन खल्तीले बैंकसँग साझेदारी सम्झौता गरेको हो । 

यो साझेदारीसँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले अब बिना झन्झट ‘खल्ती’ वालेट मा रकम राखी सबै प्रकारका भुक्तानी गर्न सक्नेछन् । खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले राष्ट्रिय वाणिज्य बैंकसँग भएको साझेदारीले बैंक तथा वालेटका ग्राहकवर्गलाई सरल र सहज भुक्तानी सेवा मिल्ने दाबी गरेका छन् ।

 

नेपाली फिनटेक उद्योगमा नवीन पहिचान बनाइरहेको खल्ती एपका प्रयोगकर्ता २० लाख नाघिसकेको छ । यो डिजिटल वालेटमार्फत मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बीमा प्रिमियम तथा अनलाइन सपिङ्ग साइटको बील भुक्तानी गर्न सकिन्छ । 

६० हजारभन्दा धेरै सेवाहरू लिन डिजिटल भुक्तानी व्यवस्था मिलाएको खल्तीले जानकारी दिएको छ । खल्तीले प्रयोगकर्ताहरूलाई क्यास ब्याक तथा छुट लगायत अफरहरू पनि दिने गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत