प्रतिनिधि सभा

प्रतिनिधिसभाकाे बैठक फेरि स्थगित

काठमाडौं । प्रतिनिधिसभाकाे बैठक फेरि स्थगित भएकाे छ । पुस २२ गते बोलाइएको बैठक फेरि स्थगित भएको हाे ।

संसद सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी बिहीबारका लागि निर्धारित बैठक स्थगित गरेको हो ।

पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ । 

संसद सचिवालयका एक अधिकारीका अनुसार नेकपा एमालेले आफ्नो जिल्ला अधिवेशन पुस २३ मा हुने र धेरै सांसदहरु व्यस्त हुने भन्दै बैठक पछि सार्न माग गरेको थियो ।

यसअघि पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि बोलाइएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत