महिलालाई भारतको कोठीमा पुर्याई बेचबिखन गरेको अभियोगमा पक्राउ
- गाउँ सहर संवाददाता
- २१ पौष बुधबार, २०७८ | १५:३२:०० मा प्रकाशित
काठमाडौँ । पोखरा लैजान्छु भन्दै बेहोस बनाई महिलालाई भारतको कोठीमा पुर्याई बेचबिखन गरेको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-५ ठेगाना भएकी २६ वर्षीया अनिशा तामाङ भन्ने फूलमाया तामाङलाई पुस ९ गते प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-१० कपनबाट पक्राउ गरेको हो ।
पोखराको होटलमा नाच्ने तथा बाँकी समय आफ्नै घरमा घरायसी काम गर्नुपर्ने, त्यस बापत राम्रो कमाई हुन्छ भन्दै फूलमायाले पीडित महिलालाई विभिन्न प्रलोभन देखाई २०७४ साउनमा काठमाडौं आकाशेधारास्थित होटलमा लगि चाउमिनमा वेहोश हुने औषधी मिलाई खुवाएर विभिन्न ठाउँ हुँदै भारतको बम्बई, ईलाबाद, कलकत्ता तथा कुचबिहारको कोठीहरुमा पुर्याई पटक पटक बेचबिखन गरी वेश्यावृत्तीमा लगाएको अवस्थामा भारतीय प्रहरीको समन्वयमा नेपाली राजदुताबास तथा नेपालस्थित विश्व सेवा विस्तार संस्थाको सहयोगमा गत असोज २३ गते ती महिला नेपाल फर्किन सफल भएकी थिइन् ।
उक्त मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेकी तामाङ उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
- ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने
प्रतिकृया दिनुहोस