बिहीबार देशभर आंशिक देखि सामान्य बदली, तराईका धेरै भूभागमा हुस्सु/कुहिरो
- गाउँ सहर संवाददाता
- २२ पौष बिहीबार, २०७८ | ०६:४०:०० मा प्रकाशित
काठमाडाैँ । जल तथा मौसम पूर्वानुमान विभागका अनुसार आज २०७८ पौष २२ गते (बिहीबार) दिउँसो देशभर आंशिक देखि सामान्य बदल रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी तथा तराइका थोरै भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ ।
विभाग भन्छ- बिहानको समयमा देशका तराईका धेरै भूभागमा हुस्सु/कुहिरो लागेको छ र अपरान्ह पछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ । चिसो बढ्ने क्रम रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
- तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनी कालोसूचीमा
- नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित
- आइएमई पेमार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५ सयसम्म बोनश पाइने
- विराटनगर भन्सारका तत्कालीन अधिकृत सापकोटासहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रतिकृया दिनुहोस