प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको 'भाइब्रेन्ट गुजरात समिट' स्थगित
- गाउँ सहर संवाददाता
- २२ पौष बिहीबार, २०७८ | १३:३०:०० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको 'भाइब्रेन्ट गुजरात समिट' कार्यक्रम स्थगित भएको छ ।
सम्मेलनका लागि व्यापक तयारी भइसकेको र ५ देशका राष्ट्रपति वा प्रधानमन्त्री साथै १५ जना विदेश मन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरु आउने सुनिश्चित भइसकेको थियो ।
गुजरात सरकारले कोभिडको बढ्दो संक्रमणलाई जनाउँदै कार्यक्रम स्थगित गरेको जनाएको छ ।
उक्त सम्मेलन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातको गान्धीनगरमा १० जनवरीमा उद्घाटन हुने कार्यक्रम रहेको थियो ।
उक्त कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा आइतबार भारत प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो । जहाँ देउवा र मोदीबीच द्वीपक्षीय वार्ता हुने बताइएको थियो ।
तर कोरोना भाइरस संक्रमितको संख्याका बढ्दै गएका कारण तत्काललाई कार्यक्रम स्थगित गरिएको भारतीय सञ्चारमाध्यमहरुमा जनाएका छन् ।
१० देखि १३ जनवरीसम्म समिट हुने तय थियो। यसअघि गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले समिट अघि शैक्षिक संस्थाहरुको दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन बुधबार उद्घाटन गरेका थिए ।
पछिल्लो २४ घण्टामा उक्त राज्यमा ३ हजार ३ सय ५० भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्। ओमिक्रोन संक्रमतिको संख्यासमेत २ सय भन्दा धेरै पुगेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
प्रतिकृया दिनुहोस