अर्थतन्त्र

युनिमनीमार्फत पैसा पठाउँदा भाग्यशाली विजेताले आइफोन र सुन जित्न सक्ने

काठमाडाैं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई  पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जबीच युनिमनीको र्याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरका रुपमा समझ्दारी भएको छ। 

र्‍याफल ड्र क्याम्पियनमा सम्पूर्ण सेवाग्राही युनिमनी कतार मोबाइल वा युनिमनीको अफिसियल वेबसाइट www.unimoni.qa मार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन १३ का साथै ३० जना सेवाग्राहीले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन्।

सोही क्याम्पियनको अवधि १ जनावरी २०२२ देखि १४ मार्च २०२२ (१७ पुष, २०७८ देखि फागुन ३०, २०७८) सम्म जम्मा ६९ दिनका लागि लागू हुनेछ। 

विद्युतीय च्यानलहरुको प्रवर्द्धन गर्नका लागि तयार पारिएको सोही क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानीय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा अनियमित छनोटद्वारा हुनेछ। उक्त क्याम्पियनमा २ वटा र्याफल ड्र गरी २ चोटी २०/२० जना गरेर तल उल्लेखित तालिकाअनुसार पुरस्कार विनियोजन गरिएको छ। 

क्याम्पियनका बारेमा युनिमनी कतारका महाप्रबन्धक फ्लोयड जोनीले भने, ‘हामी हाम्रा विश्वस्त ग्राहकको विश्वासका लागि पुरस्कृत गर्न डिजाइन गरिएको हाम्रो नयाँ क्याम्पियन घोषणा गर्न पाउँदा उत्साहित छौँ। हामी सबै ग्राहकलाई उहाँहरुको बैंक खाता, आइएमई पे वालेट वा नगद पिक–अपका रुपमा सीधै पैसा पठाउनको लागि सबैभन्दा सुविधाजनक र सुरक्षित सेवा प्रदान गर्दछौँ। हामी सबै युनिमनी एक्सचेन्ज कतारका तर्फबाट म हाम्रा ग्राहकमा सफलता साथै उक्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छु।’

युनिमनीका बारेमा

युनिमनी एक्सचेन्ज एलएलसी (युनिमनी) वित्तीय सेवाहरूको एक विविध प्रदायक हो। युनिमनीले खुद्रा स्टोर, अनलाइन र मोबाइल समाधानसहित बहुग्राहक टचप्वइन्टहरुमार्फत भौगोलिक, मुद्रा र च्यानलहरुमा पैसाको निर्वाध आवागमनको सुविधा दिन्छ। युनिमनी अर्थव्यवस्था र वाणिज्य मन्त्रालय, कतारमा वर्ष २००७ मा कतार केन्द्रीय बैंकद्वारा इजाजतपत्र प्राप्त एक दर्ता सीमित दायित्व कम्पनी हो।

युनिमनीले खुद्रा र कर्पोरेट ग्राहकहरुका लागि इन–स्टोर र डिजिटल मुद्रा स्थानान्तरण र विदेशी मुद्रा विनिमय समाधानको एक व्यापक स्पेक्ट्रम प्रदान गर्दछ। युनिमनीको मुख्य फोकस वान–स्टप समाधान प्रदायकका रुपमा एउटै छानामुनि ग्राहकहरुको वित्तीय आवश्यकताहरुलाई सम्बोधन गरेर सशक्त बनाउनमा निहीत छ। 

युनिमनी कतारले आफ्ना ग्राहकका लागि अनलाइन स्थानान्तरण अनुभवलाई बढावा दिन र तीव्र पार्ने उद्देश्यले सस्तो र भरपर्दो अनलाइन मनी ट्रान्सफर सेवा प्रदान गर्दे आएको छ।

आइएमई लिमिटेडका बारेमा

आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ। 

‘आइएमई पे’ का बारेमा 

‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्रान्ड हो। झन्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

आइएमई डिजिटलले ‘आइएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवाहरु उपलब्ध गराउनेछ र यसको सहयोगमा सेवा प्रापकहरुले आफ्नो मोबाइलमार्फत वा एजेन्टको सहयोगमा विभिन्न भुक्तानीसम्बन्धी कार्यहरु गर्न सक्नेछन्।

कम्पनीले लाखौँ ग्राहकलाई आफ्नो मोबाइल फोनबाट सीधै आइएमई पे डाउनलोड गरी आइएमईको व्यावसायिक साझेदार नेटवर्कमार्फत विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सकेको छ। 

गाउँ सहर संवाददाता

तपाईँको मत