नेपाल प्रहरीका २६ एसएसपीको सरूवा, कसलाई कहाँकाे जिम्मेवारी (सूचीसहित)
- गाउँ सहर संवाददाता
- २३ पौष शुक्रबार, २०७८ | ०८:०९:०० मा प्रकाशित
काठमाडौं । नेपाल प्रहरीका २६ जना एसएसपीहरुको सरुवा भएको छ । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट जनपद प्रहरीतर्फ एसएसपीहरुको सरुवा भएको हो ।
जसमा उमेशराज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सुरुवा गरिएको छ भने चक्रबहादुर विष्टलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको मानवस्रोत व्यवस्थापन महाशाखाबाट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत पठाइएको छ ।
यस्तै श्यामलाल ज्ञवालीलाई विपद व्यवस्थापन कार्यालय सामाखुसी, बसन्त बहादुर कुँवरलाई अपराध अनुसन्धान कार्यालयमा, चन्द्र कुवेर खापुङलाई अपराध अनुसन्धान विभागमा, नलप्रसाद उपाध्यायलाई केन्द्रीय अनुसन्धान ब्यूरो उपप्रमुख नक्सालमा सुरुवा गरिएको छ ।
भीमप्रसाद ढकालको अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा सरुवा हुँदा राजेशनाथ बास्तोलाको भने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ । दुर्गा सिंहको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा भएको छ भने पूजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।
सरूवा को कहाँ भए :
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस