गाउँ सहर

राष्ट्रिय भूमि आयोगले देशभरका सुकुम्बासीको लगत संकलन गर्ने

काठमाडाैं । माघ १८ गतेदेखि देशभर सुकुम्बासीको लगत संकलन  गरिने भएकाे छ । राष्ट्रिय भूमि आयोगले माघ १८ गतेदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने भएको हाे ।

आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी झापादेखि कञ्चनपुरसम्म २७ जिल्लाका विभिन्न स्थानीय तहमा लगत संकलक खटाएर तथ्यांक संकलन गर्ने जनाएकाे छ ।

विभिन्न स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम १८ माघदेखि ३५ दिनभित्र निवेदन फाराम भरेर स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत पेश गर्न आयोगले आह्वान गरेको छ ।

आफूले आबाद कमोत गरेको जग्गाको नाप नक्सा सम्बन्धित नापी टोली खटिएपश्चात गराउन पनि भनिएको छ ।

आयोगले यसअघि निवेदन दिइसकेकाहरूले निस्सा लिन र जग्गा नाप जाँच/चेकजाँच गराउन सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत