विश्व

नाइजेरियामा बन्दुकधारीद्वारा दुई सय जनाको हत्या

एजेन्सी । नाइजेरियामा बन्दुकधारीहरूले २०० जनाको हत्या गरेको जनाइएकाे छ । लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रको जाम्फारामा २०० जनाको हत्या गरेको एजेन्सी रोयटर्सले जनाएको छ ।

आक्रमणबाट श्रीमती र आफ्ना तीन सन्तान गुमाएका उमारी माकेरी नाम गरेका एक व्यक्तिले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार बन्दुकधारीहरुले १५४ जनाको शव गाडेका थिए । केही शव संकलन गरी सेनाले सामूहिक अन्त्येष्टि समेत गरेको थियो ।

मोटरसाइकलमा आएका करीब ३ सय जना आक्रमणकारीले १० वटा गाउँमा आक्रमण गरेको बताइएको छ । आक्रमणकारीहरूले घर घरमै गएर गोली प्रहार गर्ने, लटपाट गर्ने गरेको स्थानीयले बताएका छन् ।

नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक समूहले आमनागरिकलाई दुःख दिने गरेका छन् भने उनीहरूसँग सरकारी पक्षले संघर्ष गरिरहनुपरेको छ । सरकारले उनीहरूलाई आतङ्कवादी समूहको रुपमा घोषणा गरेर सुरक्षा कारबाही पनि चलाउँदै आएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत