नेपाल लाइफको सिनियर डिसिओमा प्रवीण रमण पराजुली
- गाउँ सहर संवाददाता
- २५ पौष आइतबार, २०७८ | १२:५७:०० मा प्रकाशित
काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । २५ पौषबाट पराजुलीले सिनियर डिसिओको कार्यभार सम्हालेका हुन् ।
पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए । संस्थागत सुशासनलाई प्राथमिकतामा राखि कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।
नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको बताउँदै, यसलाई अवसर र त्यो भन्दा बढी चुनौतीको रुपमा लिएको बताए । अब मैले नेपाल लाइफको नम्बर १ कम्पनीको छवीलाई हरेक सुचकांकमा अझ बलियो सावित गर्नुपर्ने चुनौती रहेको छ, नवनियुक्त सिनियर डिसिओ पराजुलीले बताए ।
पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस