शिक्षा

शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने नगर्नेबारे आज निर्णय गर्ने

काठमाडाैं । शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने नगर्नेबारे आज निर्णय गर्दैछ । कोभिड १९ संक्रमण तीब्र बन्दै गएपछि शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने नगर्नेबारे आज निर्णय गर्न लागेकाे हाे ।

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी )को आइतबार बसेको बैठकले कोभिड संक्रमण उच्च बनेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।

सीसीएमसीसीको सिफारिसबारे शिक्षा मन्त्रालयले आज छलफल गर्ने भएको छ । सीसीएमसीको सिफारिसबारेमा छलफल गरी आज निर्णय गरिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिएका छन् । हिउँदे बिदालाई मिलान गर्ने गरी विद्यालय बन्द गर्ने तयारी शिक्षा मन्त्रालयले गरेको छ ।

केही विद्यालयमा हिउँदे बिदा सुरु भइसकेको छ भने केही विद्यालय तथा कलेजमा परीक्षा चलिरहेको छ । परीक्षा भइरहेका विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ ।

सीसीएमसीसीको बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई पनि सिफारिस गरेको छ ।

राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सव लगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न सिफारिस गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत