बोडिङ स्कुलमा आगलागीबाट तीन लाख बराबरको क्षति
- गाउँ सहर संवाददाता
- २६ पौष सोमबार, २०७८ | ११:११:०० मा प्रकाशित
कर्णाली । आइतबार बिहान आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको छ । वीरेन्द्रननगर नगरपालिका–१० सुर्खेतस्थित इगरब्रिज बोडिङ स्कुलमा आइतबार बिहान आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको हाे । भुईँ तलामा रहेको छात्रावासको भान्सामा नयाँ ग्यास सिलिण्डरमा जडान गरी लाइटर बालेर जाँच गर्दा एक्कासि ग्यास सिलिण्डबाट आगलागी भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।
उक्त आगलागीबाट स्टोरमा रहेको खाद्यान्न भाडावर्तन फर्निचरका सामान जलेर पूर्णरुपले नष्ट भएको उनले बताए । उनका अनुसार प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि आगलागीबाट रु तीन लाख २०० बराबरको क्षति भएको छ । त्यस्तै, आइतबार खार्पुनाथ गाँउपालिका–१ हुम्ला प्युस निवासी सुरज शाहीको ढुङ्गा माटो र काठले निर्मित कच्ची घरमा भएको आगलागीले दुई कोठा एक गाई र सात कुखुरा जलेर नष्ट भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस