पाँच रूपैयाँकाे मास्क लगाउने कि नलगाइ सय रूपैयाँ जरिवाना तिर्ने ?
- गाउँ सहर संवाददाता
- २६ पौष सोमबार, २०७८ | १२:१०:०० मा प्रकाशित
विराटनगर । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा मास्क नलगाईं हिंडे अब एक सय रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थल र बजारमा हिँड्ने मानिसलाई मास्क अनिवार्य गरेको हो ।
जिल्लास्थित कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन गर्न गठित समितिको निर्णयबाट अनिवार्य मास्क लगाउन पर्ने नियम लगाएको हो । अहिले कोरोनाको उच्च गतिमा फैलन ओमिक्रोनको जोखिम बढेपनि बजार तथा भिडभाड हुने क्षेत्रमा मास्कबिना हिँडडुल गर्ने मानिसको संख्या अधिक देखिन्छ ।
अब पसल तथा व्यवसाय संचालकले समेत सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने छ । मादण्ड पालना नगर्ने व्यवसयीलाई पाँच हजार नगद जरिवाना गराइने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
पछिल्लो समय विराटनगरसँग सीमा जोडिएको बिहार राज्यका विभिन्न क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्न शुरु भएसँगै संभावित जोखिम नियन्त्रण गर्न स्थानीय तह र प्रशासन सक्रिय भएका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस