परोपकार युवा सञ्जाल र दाह्री ग्याङद्वारा न्यानाे कपडा र स्टेशनरी सामग्री सहयाेग
- गाउँ सहर संवाददाता
- २६ पौष सोमबार, २०७८ | १४:११:०० मा प्रकाशित
मकवानपुर । परोपकार युवा सञ्जाल र दाह्री ग्याङले गरीब तथा असहाय विद्यार्थीहरुलाई संयुक्त रूपमा न्यानो कपडा तथा स्टेशनरी सामाग्रीहरु सहयाेग गरेका छन् ।
मनहरी- ३ लामिटारमा सञ्चालित नवज्योती प्राविमा अध्ययनरत ३३ जना विपन्न तथा गरीब विद्यार्थीहरुलाई शनिबार एक सेट न्यानो कपडा, आधा दर्जन कापी, कलम लगायतका स्टेशनरी सामाग्रीहरु बितरण गरिएकाे हाे ।
परोपकार युवा सञ्जालका संयाेजक रमेश सापकाेटाका अनुसार गरीब तथा विपन्न वर्गका बालकालिकाहरू कपडा र पठन पाठनका सामाग्रीहरु अभावकै कारण विद्यालय जानबाट बञ्चिन नहुन भनेर सहयाेग गरिएकाे बताए ।
दाह्री ग्याङका केन्द्रिय संयोजक जगदिश भण्डारीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा ३ नं वडाका कार्यवाहक वडाध्यक्ष विष्णुबहादुर थिङको प्रमुख आतीथ्यता रहेको थियो ।
साे अवसरमा वडाध्यक्ष थिङले सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्दै गरीब तथा असहाय विद्यार्थीहरुलाई गरिएकाे सहयोगले पठनपाठन लगायतका कृयाकलापमा थप हौसला पुग्ने बताए ।
नवज्योती प्राविका प्रधानाध्यापक जयराम अधिकारीले सहयाेगी संस्थाले प्रदान गरेको उक्त उपहारकाे प्रशंसा गर्दै भने,- ‘गरीब तथा विपन्न वर्गहरुलाई जीवीकोपार्जन गर्नै गाह्राे छ, बालबच्चालाई पठन पाठनका सामाग्रीहरु खरीद गर्न झन् मुस्किल भइरहेको हुन्छ, यस्तोमा संस्थाले गरेको सहयोगले बालबालीकालाई ठूलो मद्दत पुग्दछ । आगामी दिनमा पनि उनीहरुको मनोवल वृद्धिका लागि सहयोगको अपेक्षा गरेका छौँ’’ ।
दाह्री ग्याङका संयोजक भण्डारीले उक्त संस्था विगत लामो समयदेखि सामाजिक कार्यमा सकृय रहेको उल्लेख गर्दै भने- ‘यस्ता कार्यले गरीब तथा विपन्न बालबालिकाको मुहारमा खुशी ल्याउन सफल भएका छौँ, आगामी दिनमा पनि यो सकृयता कायम नै रहन्छ’ ।
कार्यक्रममा परोपकारी युवा सञ्जाल नेपाल तथा दाह्री ग्याङका संयोजक रमेश सापकोटा, मकवानपुर संयोजक अजित खड्का, सदस्यहरु अधिराज वाग्ले, बाबु श्रेष्ठ, दिवशराज आचार्य, सुरेन्द्र महर्जन, रामशरण धीताल, उमेश पराजुली, युवराज भण्डारी, संजय चौधरी, राजु गौतम, विद्यालयका सहायक प्रधानाध्यापक नविन रेग्मी लगायतको उपस्थित रहेकाे थियाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस