उतार चढावबीच साताकाे दाेस्राे दिन पनि बढ्याे नेप्से, सात अर्ब बराबरकाे शेयर किनबेच
- गाउँ सहर संवाददाता
- २६ पौष सोमबार, २०७८ | १५:३५:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) साताकाे दोस्रो दिन आज सामान्य अंकले बढेकाे छ ।
साेमबार नेप्से १९.४३ विन्दुले बढेर २७८४.९५ विन्दुमा पुगेको छ । आइतबारकाे तुलनामा सोमबार कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । हिजाे ७ अर्ब १० करोड १८ लाख बराबरको कारोबार भएको थियो आज ७ अर्ब १२ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य उच्च अंकले बढेकाे छ भने प्रभु सेलेक्ट फण्डको इकाईमूल्य, चन्द्रागिरी हिल्स, कुमारी बैंक, नेपाल बङ्गलादेश बैंक, सेञ्चुरी कमर्सियल बैंकलगायतकाे मूल्य घटेको छ ।
सोमबार गोर्खाज फाइनान्सको सबैभन्दा धेरै २२ करोड ७४ लाख बराबरको करोबार भएको छ ।
यसदिन शेयर बजार निक्कै उतार चढाव देखियाे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस