भोलिदेखि विद्यालय बन्द, त्रिविका पूर्वनिर्धारित परीक्षाहरू नरोकिने
- गाउँ सहर संवाददाता
- २६ पौष सोमबार, २०७८ | १५:४८:०० मा प्रकाशित
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को निर्णयलाई लागू गर्ने भएकाे छ । जसअनुसार शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हाे ।
सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले सीसीएमसीसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
आइतबार बसेको सीसीएमसीसीको बैठकले माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।
बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सीसीएमसीसीले सिफारिस गरिएको छ ।
हिजोको सीसीएमसीसीको बैठकले खोप कार्ड नभइ माघ ३ गतेदेखि सार्वजनिक सेवा लिन नमिल्ने गरि निर्णय गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।
त्रिविका पूर्वनिर्धारित परीक्षाहरू नरोकिने
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पूर्व निर्धारित परीक्षाहरू नरोकिने भएको छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारबाट देशैभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसपछि मन्त्रालयले भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
तर, त्रिविका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर जेड आकारमा बसाई सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ । अहिले त्रिविको सेमेस्टर अन्तर्गत चौथो वर्षको परीक्षा भइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस