भौतिक उपस्थितिमा हुने बैंककाे काम सकेसम्म कम गर्न राष्ट्र बैंककाे निर्देशन
- गाउँ सहर संवाददाता
- २६ पौष सोमबार, २०७८ | १६:५६:०० मा प्रकाशित
काठमाडाैं । बैंककाे भाैतिक उपस्थितिमा हुने कामलाइ कम गर्न नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले भौतिक रुपमा हुने कामलाई सकेसम्म कम गर्न नयाँ निर्देशन जारी गरेको हाे । कारोना भाइसरको नयाँ भेरियन्टको संक्रमण दर बढेसँगै भौतिक रुपमा हुने कामलाई कम गर्न बैंक तथा वित्तीय संस्था र सेवाग्राहीलाई निर्देशन जारी गरेको छ ।
नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरषा सम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारी तथा सेवाग्राहीको संक्रमणको जोखिम न्यूनिकरण गर्न आवश्यक उपाय अपनाउन पनि आग्रह गरेको छ ।
सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्वस्था मिलाई सेवा दिन, एटीएम बुथहरुबाट हुन सक्ने जोखिम कम गर्न त्यस्ता बुथको ढोका खुलै राख्न, सेनीटाइजर लगायतका सामग्रीको व्यवस्था गर्न आग्रह गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले सञ्चालन गर्ने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रम भौतिक दूरी कायम गरी गर्न तथा सकेसम्म भर्चुअल माध्यमबाट गर्न समेत आग्रह गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
- तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनी कालोसूचीमा
- नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित
- आइएमई पेमार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५ सयसम्म बोनश पाइने
प्रतिकृया दिनुहोस