गाउँ सहर
पाहुना गएका ८१ वर्षीय बुढाथोकीको हत्या
- गाउँ सहर संवाददाता
- २७ पौष मंगलबार, २०७८ | ११:१४:०० मा प्रकाशित
मोरङ । गएराति एक वृद्धको हत्या भएको छ । मोरङको लेटाङमा गएराति एक वृद्धको हत्या भएको हाे । खोटाङबाट पाहुना गएका ८१ वर्षीय सीताराम बुढाथोकीको हत्या भएको प्रहरीले जनाएकाे छ । बुढाथोकीको हत्या आरोपमा प्रहरीले डम्बर भुजेललाई पक्राउ गरेको छ ।
लेटाङ नगरपालिका– २ फँडानीमा बुढाथोकीलाई भुजेलले धारिलो हतियार प्रहार गरी हत्या गरेकाे मोरङका एसपी जनार्दन जिसीले जानकारी दिएका छन् ।
सोमबार बेलुका मृतक र हत्या आरोपी वृद्धसँगै मदिरा सेवन गरेका थिए । मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस