अत्याधिक रक्तश्रावका कारण २७ वर्षीया सुत्केरीकाे मृत्यु, आफन्तद्वारा अस्पताल ताेडफाेड
- गाउँ सहर संवाददाता
- २७ पौष मंगलबार, २०७८ | १२:२९:०० मा प्रकाशित
काठमाडाैं । अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको गएराति मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् । नुवाकोटको त्रिशुलीमा रहेको त्रिशुली अस्पताल तोडफोड भएको हाे ।
विदुर नगरपालिका–७ की २७ वर्षीया महिलाको सुत्केरी भइसकेपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालका मेसु डाक्टर दीपन्द्र पाण्डेले जानकारी दिएका छन् ।
पाण्डेले भने,‘महिला सामान्य तरिकाले सुत्केरी भएकी थिइन् तर सुत्केरी पश्चात अत्याधिक रक्तश्राव भयाे, निरन्तरको प्रयासका बाबजुद पनि महिलालाई बचाउन सकिएन ।’
उनका अनुसार करिब २०० जनाको समूहमा जम्मा भएका आफन्तहरु अस्पताल तोडफोड र चिकित्सक, स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास समेत गरेका थिए । आफूहरुले लुकुेर ज्यान जोगाएको र अहिले पनि त्रसित अवस्थामा रहेको डा.पाण्डेको बताए ।
अहिले अस्पतालको इमर्जेन्सी बाहेकका सबै सेवा बन्द छन् उनले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस