राजनीति

प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने

काठमाडाैं । राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने भएको हाे । सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले माघ पहिलो सातामा मतदानबाट प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउने विषयमा सबै सर्वदलीय बैठकमा सहमति भएको जानकारी दिएका छन् ।

सभामुख यादवको सभापतित्वमा प्रदेशको नाम र स्थायी राजधानीका लागि आएका प्रस्तावमा छलफल गर्न संसदीय समिति गठन भएको छ ।

सो समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मिथिला भोजपुरा, मधेस, जानकी, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुरधाम र वीरगञ्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको भएको त्यसमा कुनै पनि सहमति नजुटेको एक नेताले जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत