राजनीति

यी हुन् एमाले अधिवेशनबाट चुनिएका ५८ जिल्ला अध्यक्ष (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशनकाे नतिजा आउने क्रम जारी छ  हालसम्म दुई विशेष कमिटीसहित ५८ जिल्लाको नेतृत्व चयन गरेको छ ।

गत शुक्रबारबाट ६३ जिल्लामा सुरु भएको एमाले अधिवेशनले मजदूर र पेशागत विशेष कमिटी सहित ५८ जिल्लामा नेतृत्व चयन गरेको हो । 

अहिलेसम्म प्रदेश १ का १२, प्रदेश २ को २, बागमती प्रदेशका ११ जिल्लामा नेतृत्व चयन भइसकेका छन्। त्यस्तै गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा नेतृत्व चयन भएको एमालेले जनाएको छ ।​ यस्तै मजदूर विशेष र पेशागत विशेषमा एक एक जना छानिएका छन् । 

पछिल्लो परिणाम अनुसार कास्कीमा मनबहादुर गुरुङ र सुर्खेतमा अमृत बिसी विजयी भएका छन् । दैलेखमा मतदाता भन्दा बढी मत खसेपछि मतदान नै रद्द गरिएको छ । कञ्चनपुरको मतगणना जारी छ । यस्तै कोरोना संक्रमण बढेपछि चितवनको मतदान अन्तिम समयमा स्थगित गरिएको छ । 

निर्वाचित जिल्ला अध्यक्षहरू

प्रदेश १

१. झापा – दीपक कार्की

२. मोरङ – ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४. धनकुटा – इन्द्रमणि पराजुली

५. तेह्रथुम – तेजमान कन्दङवा

६. पाँचथर – राजकुमार भण्डारी

७. भोजपुर – शरणकुमार राई

८. इलाम- महेश बस्नेत

९. सोलुखुम्बु- डुफकुमार बास्ताेला

१०. उदयपुर- प्रमेश्वर घिमिरे

११. ओखलढुंगा–शंकर कटुवाल

१२. ताप्लेजुङ- भुपेन्द्रबहादुर थेबे

प्रदेश २

१. सप्तरी – ताराकान्त चौधरी

२. सिरहा- बिन्देश्वर मण्डल

बागमती

१. धादिङ – भूमि त्रिपाठी

२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

३. भक्तपुर – बचन देउजा

४. रसुवा – कर्णेल तामाङ

५. रामेछाप – आनन्दकुमार श्रेष्ठ

६. नुवाकोट – बद्री मैनाली

७. मकवानपुर – एकलाल श्रेष्ठ

८. काठमाडौं – दीपक निराैला

९. ललितपुर – पुरुषोतम आचार्य

१०. सिन्धुली- कुमारबहादुर कार्की

११. दोलखा: नरबहादुर श्रेष्ठ

गण्डकी

१. गोरखा – प्रेम गुरुङ

२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३. म्याग्दी – देवेन्द्र केसी

४. लमजुङ – कृष्णप्रसाद अधिकारी

५. बागलुङ- हिराबहादुर केसी

६. पर्वत–राजु पौडेल

७‍. नवलपुर–मुक्ती पाण्डे

८. स्याङ्जा – सूर्य प्रसाद गैरे

९. कास्की – मनबहादुर गुरुङ

लुम्बिनी

१. पाल्पा – धनेन्द्रराज घिमिरे

२. गुल्मी – बालकृष्ण काउछा मगर

३. अर्घाखाँची – पिताम्बर भुसाल

४. बाँके – किस्मत कुमार कक्षपती

५. बर्दिया – लालबहादुर श्रेष्ठ

६. दाङ – हुकुमबहादुर बस्नेत

७. रुपन्देही – तेजेन्द्र केसी

८. कपिलवस्तु – डम्मर शर्मा 

९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी

१०. प्युठान–बिजयविराज विष्ट

कर्णाली

१. डोल्पा – शेरबहादुर बुढा

२. सल्यान – गोविन्द पुन मगर

३. जुम्ला – शान्तिलाल महत

४. रुकुम- नन्दराम देवकोटा

५. जाजरकोट – खिमबहादुर शाही

६. सुर्खेत – अमृत बिसी  

सुदूरपश्चिम

१. डडेल्धुरा – प्रकाश साउद

२. बैतडी- सुरेन्द्र पाल

३. डोटी-चक्र मल्ल

४. कैलाली- रतन थापा

५. दार्चुला- प्रेमसिंह धामी

६. बाजुरा-  कालीबहादुर शाही

गैरभौगोलिक जिल्ला

१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष – उमेश ढकाल

 

गाउँ सहर संवाददाता

तपाईँको मत