राजनीति

काेभिडका कारण सर्‍यो एमाले प्रदेश अधिवेशन

काठमाडौँ । एमालेको प्रदेश अधिवेशन सरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रदेश अधिवेशन सरेको हाे । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन सरेको जनाइएकाे छ ।

नयाँ कार्य तालिकाअनुसार माघ २८ र २९ गते रोकिएको अधिवेशन बस्ने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । एमालेले यही पुस २३ गते ६१ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ । १६ जिल्लाको अधिवेशन बाँकी छ ।

कोरोना भाइरस संक्रमणको बढ्दो जोखिम र सोही कारण सरकारले २५ जनाभन्दा बढी मानिस जम्मा गरेर कुनै सभा, सम्मेलन, गोष्ठी नगर्न गरेको आग्रहलाई ध्यानमा राखेर अधिवेशन सारिएको एमालेले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत