नेपालमा हालसम्म कति जनसंख्याले कोरोना खोपको पहिलो डोज लगाए ?
- गाउँ सहर संवाददाता
- २८ पौष बुधबार, २०७८ | १३:३०:०० मा प्रकाशित
काठमाडाैं । देशकाे सिंङ्गाे जनसंख्याकाे लगभग आधा जनसंख्याले कोरोना खोपको पहिलो डोज लगाएका छन् ।
१ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज लगाएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कुल जनसंख्याको ५०.२ प्रतिशत हुन अाउँछ ।
१ करोड १३ लाख ३६ हजार ५ सय ३८ जनाले पूरा डोज लगाएका छन् । जुन कुल जनसंख्याको ३७.३ प्रतिशत हुन्छ ।
लक्षित जनसंख्यामा भने ७६.५ प्रतिशतले पहिलो डोज लगाएका छन् ।
केन्द्रीय तथ्यांक विभाग अनुसार नेपालमा १८ वर्षमाथिकाे जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ रहेको छ ।
जसअनुसार १८ वर्ष माथिका १ करोड ५१ लाख ८० हजार ६ सय ८८ जनाले खोपको पहिलो डोज लगाइसकेका छन् भने अब करिब ४८ लाख जनाले मात्र खोप लगाउन बाँकी छ । तर त्यसमध्ये कति विदेशमा रहेकाले पनि खोप लगाउन बाँकी रहेकाहरू अझै कम हुनसक्छन् ।
१८ वर्ष माथिका १ करोड १३ लाख ३५ हजार ७ सय ११ जनाले पूरा डोज लगाएका छन् । अथवा ५६.९ प्रतिशत मानिसहरूले खोपको पूरा डोज लगाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस