प्रहरीद्वारा १० जुवाडे नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- २८ पौष बुधबार, २०७८ | १४:०४:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले तास खेलिरहेकाे अवस्थामा १० जनालाइ पक्राउ गरेकाे छ । बर्दियाको बाँसगढी नगरपालिका ७ बड्की देउडास्थित ३४ वर्षीय दुलीचन थारुको घरबाट जुवातास खेलिरहेको अवस्थामा दुलीचन लगायत १० जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हाे । दुलीचनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८२ हजार ४ सय ५० रुपैयाँ सहित पक्राउ गरेको जनाएकाे छ ।
नवलपरासी (पूर्व), कावासोती नगरपालिका १३ पिठौलीस्थित डिल कुमारी गुरुङले संचालन गरेको खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३७ वर्षीय अजय लामा लगायत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जानकारी दिएकाे छ । उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरुलाई नगद २४ हजार ७ सय १५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
प्रतिकृया दिनुहोस