बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ
- गाउँ सहर संवाददाता
- २९ पौष बिहीबार, २०७८ | १०:२९:०० मा प्रकाशित
एजेन्सी । बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघअन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले चेतावनी दिएको छ । कोभिडविरुद्ध दिइने लगातारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली संघअन्तर्गतको स्वास्थ्यसम्बन्धी नियामक निकायले चेतावनी दिएको हाे ।
“हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ,” युरोपेली मेडिकल नियामक निकायले भनेको छ ।
उक्त संस्थाले लामो समयको अन्तर पारेर बुस्टर डोज दिन पनि सम्बन्धित मूलुकहरूलाई अनुरोध गरेको छ ।
ओमिक्रोनका कारण सङ्क्रमितको सङ्ख्या बढेपछि विभिन्न देशहरूले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेकै बेला युरोपेली युनियनको सुझाव सार्वजनिक भएको हो ।
यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेका छन् । बेलायतले पनि कोभिडबाट नागरिकको रक्षार्थ दोसो बुस्टर डोज दिने तयारी गरेको छ ।
अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डोजबारे आवाज बढेको छ । युरोपपछि अहिले अमेरिकामा सङ्क्रमितको सङ्ख्या तीव्र बढेको छ । सङ्क्रमित बढे पनि तत्काल प्रतिबन्धात्मक व्यवस्था भने लागू गरिएका छैनन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस